हेटौंडा – बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले नेपाली जनताले देखेको सपना एमालेले मात्र पुरा गर्ने बताउनुभएको छ । बुधबार कैलाश गाउँपालिका–५ मा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले नेकपा एमाले नै देश बिकासको मुल आधार भएको र एमालेसंग तुलना गर्न मिल्ने कुनै पनि पार्टी नभएको भन्दै जनताले देखेको सपना एमालेले मात्र पुरा गर्ने बताउनुभयो ।

No description available.

पौडलले यो गठबन्धन परमादेशी सरकारले केही गर्न नसकेको भन्दै सत्ताको लुछचुडीमा लाग्नेहरुबाट मुलुक बनाउने कल्पना गर्न नसकिने बताउनुभयो । एमाले सरकारबाट बाहिरीएपनी देशब्यापी रुपमा पार्टी प्रवेशको लहर नरोकिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो “ देश बिकास गर्न सुखी नेपाली समृद्ध नेपाल बनाउने नारा सहित एमाले अगाडि बढीरहेको छ, अबको निर्वाचनमा पनि यो नारालाई थप सार्थकता बनाउन एमालेले बहुमत ल्याउनुपर्छ“।

No description available.

उहाँले माधब नेपालले पार्टी फुटाएको नभई भरिलो रुखबाट केही सुकेको पात मात्र झरेको टिप्पणी गर्नुभयो । पार्टिबाट दुईजना गएपनि दुईसय जना थपिएको भन्दै उहाँले पार्टि फुटेको नभई पार्टिबाट नगन्य मान्छे अलग भएको बताउनुभयो । नेकपा एमाले कमजोर नभएको र मुलुक कै सबैभन्दा शत्तिशालि पार्टि भएको उहाँको भनाई छ । १५ बर्षसम्म पार्टी नेतृत्व गरेपनि केहि गर्न नसक्ने माधब नेपाल जस्ता गद्दारलाई जनताले माफ नदिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–“ माधब नेपालको पार्टीमा केही मान्छे गएको भएपनी“ फर्किने क्रम जारी छ“ । उहाँले एमालेबाट चुनाब जितेर अर्को पार्टीमा जानेहरुले धोका दिएको बिर्सन नहुने बताउनुभयो । पार्टीलाई धोका दिने अपराधी हुन भन्दै फेरी गाउँ आएर फेरी बिश्वासघात गर्ने बताउनुभयो ।

No description available.

पौडेलले अहिले ५ वटा पार्टी एकातिर भएपनी एमालेले सबैलाई पराजित गर्ने क्षमता राख्ने बताउनुभयो । उहाँले आगामी निर्वाचनमा एकल सरकार बन्ने उद्घोष गर्नुभयो । बिकासका क्रम सरकार बाहिर भएपनी जारी रहने भन्दै एमाले मात्र बिकाशको सम्बाहक रहेको उहाँको भनाई थियो । “बिकास खोजेर आउदैन, आफैंले खोज्नुपर्छ, स्थानीय जनप्रतिनिधि राम्रो भए बिकास राम्रो हुन्छ । देशलाई बिकास र समृद्धि बनाउन एमाले हो । अरु कुनैको भिजन छैन अलमलिएका छन् “ उहाँले भन्नुभयो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला उपाध्यक्ष लालबहादुर थापा, नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य बच्चुराम ढुङ्गाना, नरेन्द्र रीजाल, कैलाश गाउँपालिका उपाध्यक्ष सुकुमाया थिङ, नेकपा एमाले जिल्ला सदस्य बुद्धि बहादुर मोक्तान, नेकपा एमाले मकवानपुरका सदस्य एबम युवा इन्चार्ज सन्तोष चौलागाईं, युवा संघ नेपाल मकवानपुरका अध्यक्ष लक्ष्मण उप्रेती, नेकपा एमाले मनहरी गाउँपालिका अध्यक्ष नवीन सुवेदी, एमाले कैलाश गाउँपालिका अध्यक्ष पुण्य भण्डारीलगायतले बोल्नुभएको थियो ।