मकवानपुर, २ पुस । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको पाँच महिनामा कुल बजेटको ४.४७ प्रतिशत पुँजीगत खर्च गरेको छ । चुलु आर्थिक वर्ष २०८२÷८३ का लागि कुल ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट पारित गरेकोमा पुँजीगत खर्च ४.४७ प्रतिशत मात्र खर्च गरेको हो ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार समीक्षा अवधिमा चालुतर्फ भने १८.४१ प्रतिशत खर्च भएको छ । विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश लोेकसेवा आयोगले २९.९० प्रतिशत, प्रदेशसभा सचिवालयले २७ प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयले २३.६७ प्रतिशत, स्वास्थ्य मन्त्रालयले २०.४५ प्रतिशत, प्रदेश नीति तथा योजना आयोगले १९.०४ प्रतिशत र श्रम, रोजगार तथा यातायात मन्त्रालयले १९.५५ प्रतिशत बजेट खर्च गरेको छन् । सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले १.४८ प्रतिशत बजेट खर्च गरेको छ ।











