मकवानपुर – मकवानपुरको बकैया गाउँपालिका–१२, ठिंगन स्थित ईलाका प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटन भएको छ । नवनिर्मित भवनको बुधबार बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्री कृष्ण प्रसाद शर्मा खनालले उद्घाटन गर्नुभएको हो ।

बागमती प्रदेश सरकारको सहयोग र बागमती प्रदेश प्रहरी कार्यालयको समन्वयमा कुल २, करोड २३ लाख ४३ हजार ४१४ रुपैया लागतमा भवन निर्माण भएको हो । कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रुद्रसिंह तामाङ, प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश जंग कार्की, जिल्ला सुरक्षा समितिका पधाधिकारी, पत्रकार, स्थानिय वडाअध्यक्ष, स्थानिय वासिन्दा लगायतको उपस्थिती थियो ।