सरकारले आगामी आर्थिक वर्षलाई रोजगारी सिर्जना गर्नेमा ध्यान केन्द्रित गर्ने नीति लिएको छ । कोरोना भाइरस संकटका कारण रोजगारी गुमाएकाहरू, विदेशको श्रम क्षेत्रबाट फर्कनुपर्ने हरु लगायतलाई ध्यानमा राखेर पूर्वाधार, उद्योग र निर्माण क्षेत्रमा परिचालन रोजगारी सिर्जना गर्ने नीति रहेको राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गर्नुभएको छ ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले स्वदेशको रोजगारी संकुचित हुने र वैदेशिक रोजगारीमा जानेहरू पनि फर्किने अवस्थामा उनीहरूलाई स्थानीय पूर्वाधार, साना मझौला उद्योग, निर्माण क्षेत्रमा परिचालन गरिने बताउनुभएको हो ।