सरकारले ‘कोही भोकै पर्दैन, कोही भोकै मर्दैन’ भन्ने रणनीति लिने भएको छ । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गरिबी अन्त्यका लागि सरकारले सबैलाई रोजगारीको व्यवस्था गर्ने भन्दै यो रणनीति अपनाउने भएको जानकारी गराउनुभयो ।

उहाँले दाता र श्रमिक सङ्गठनको असल सम्बन्धलाई विस्तार गर्दै श्रम बजारलाई थप व्यवस्थापन गर्न सरकारले रणनीति बनाएको बताउनुभयो । यस्तै सरकारले सबै श्रम शाेषणको अन्त्य गर्ने रणनीति लिएको छ । अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि श्रम बजारमा ल्याइने भएको छ । श्रम गर्न सक्ने सबै व्यक्तिलाई रोजगारको व्यवस्था गर्ने सरकारले लक्ष्य लिएको छ । यस्तै सरकारले श्रम गर्न नसक्नेलाई पहिचान गरी सामाजिक संरक्षणको व्यवस्था गर्ने भएको छ ।