सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली समूहको भेलाले एकता महाधिवेशन २०७८ सालको मंसिर २ गते गर्ने निर्णय गरेको छ । ओली निकट नेताहरुको भेलामार्फत प्रवक्ताको जिम्मेवारी पाएका प्रदीपकुमार ज्ञवालीले एकता महाधिवेशन आउँदो मंसिर २ गते गर्ने निर्णय भएको जानकारी गराउनुभएको हो ।