आगामी डिसेम्बर ४ देखि १७ सम्म भारतमा संचालन हुने तेस्रो टी २० विश्वकप प्रतियोगिताका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल नेत्रहीन क्रिकेट संघले खिमानन्द गैरेको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।
कात्तिक २ र ३ गते काठमाडौँमा संचालित छनोट प्रतियोगिताबाट बरिष्ठ क्रिकेट प्रशिक्षक अरुण कुमार अर्याल संयोजक, तुम्बरु उप्रेती र नहेन्द्र निरौला सदस्य रहेको ३ सदस्यीय छनोट समितिले अन्तिम १५ खेलाडीहरु छनोट गरेका हुन् । उक्त विश्वकपको उद्घाटन भारतको नयाँदिल्लीमा हुनेछ र समापन भारतको बैंगलोरमा हुनेछ नेत्रहीन विश्वकपमा नेपालसहित कुल ८ राष्ट्रले सहभागी जनाउने छन् । नेपालले यसअघि सन् २०१७ मा पनि नेत्रहीन टी २० विश्वकप खेलेको थियो । नेपाली नेत्रहीन क्रिकेट खेलाडीहरुको विश्वकप सहभागिताका लागि आर्थिक अभाव रहेकोले संघले सहयोगका लागि समेत आग्रह गरेको छ ।
१५ सदस्यीय नेपाली टोलीमा
बी-१ खेलाडीहरुको समूह
१ सागर लामा
२ सुनिल सुबेदी
३ हिम बहादुर खत्री
४ भरत चौलागाईं
५ राधेश्याम चौधरी
बी-२ खेलाडीहरुको समूह
१ सन्त पहरी
२ खिमानन्द गैरे
३ युवराज भण्डारी
४ सुनिल राना मगर
५ प्रेम क्षेत्री
बी-३ खेलाडीहरुको समूह
१ खेमराज सापकोटा
२ सुरेन्द्र कुमार तामाङ
३ नरेश चौधरी
४ सागर चेपाङ
५ शंकर रेग्मी