प्रतीकात्मक तस्बिर

मकवानपुर – हेटौंडामा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१८ रामधुनीचोकमा मोटरसाइकलको ठक्करबाट सोहि स्थानका ३५ वर्षिय बिनोद रमतेको मृत्यु भएको हो ।
धरान चतरा सडकखण्ड अन्तरगत हेटौडा बजारबाट जादै गरेको बा ५८ प ५६५४ नम्बरको मोटरसाइकलले पैदल यात्री रमतेललाई ठक्कर दिँएको हो । मोटरसाईकलको ठक्करबाट गम्भीर घाईते रमतेलको हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मोटरसाइकलको ठक्करबाट गम्भिर घाईते भई उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले बताउनुभयो । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।