मकवानपुर – मकवानपुरको भीमफेदी स्थित क्षेत्रीय कारागारमा एक कैदीको लडेर मुत्यु भएको छ । लागू औंषध मुद्दामा सजाय काटिरहेका बारा जिल्ला गढीमाई नगरपालिका–१० का ४५ वर्षीय अजयप्रसाद जैसवालको शौचालय जाने क्रममा लडेर मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।
कारागार प्रमुख मदन लामा थिङका अनुसार सोमबार बिहान शौचालय जाँदा लडेर बेहोस भएका जैसवाललाई भीमफेदीमा सामान्य उपचार पछि थप उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएका हो । अघिल्लो वर्षको भदौ महिनादेखि लागुऔषध मुद्दामा सजाय काटिरहेका मृतक जैसवालको शव परिवारले बुझिसकेका छन् । कारागारमा हाल ९९८ जना कैदीबन्दी रहेका छन् ।