हेटौंडा– बिश्वब्यापीरुपमा फैलिएको कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि बागमती प्रदेश भित्रीने यात्रुहरूलाई हेटौंडा उपमहानगरले सेनेटाईज गरेर भित्राउने व्यवस्था गरेको छ । शुक्रबार हेटौंडा–१५ रातोमाटेमा अटोमेटिक सनेटाईजर मेसिनको बागमती प्रदेशका मुख्यमन्त्री डाेरमणि पाैडेलले सुरुवात गर्नुभएको हाे ।

मेसिनकाे सुरूवात गर्दै मुख्यमन्त्री पौडेलले यो मेसिन प्रभावकारी हुने बताउनुभयो । रातोमाटे हुँदै हेटौंडा प्रवेश गर्ने यात्रु, चालक, सहचालकलगायतलाई  अनिवार्य सेनेटाईज गर्न समेत मुख्यमन्त्री पौडेलले निर्देशन दिनुभएको छ । अत्यावश्यक सेवा दिनुपर्ने स्थानहरूमा तत्काल यो मेसिन प्रदेशका बिभिन्न स्थानहरुमा जडान गरीने उहाले बताउनुभयो ।

एक पटकमा ४ जनालाई सेनेटाईज गर्न सकिने भएपनी भौतिक दुरी कायम गरि सेनेटाईज गरीने हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिनुभयो । नेपाल युवा उद्यमी मञ्च चितवनले उत्पादन गरिएका मेसिनको २ सय लिटर क्षमता रहेको र २ हजार जनालाई सेनेटाईज गर्न सकिने जनाईएको छ ।मेसिनको मूल्य एक लाख ६० हजार रुपैंया लागतमा हेटौंडा उपमहानगरपालिकाले जनाएको छ । यस्तै सेनटाईज सेवा चितवनमा पनि रहेको मञ्चले जानकारी दिएको छ ।