मकवानपुर– हेटौंडामा हाल सम्म तीनसय ४३ जनाको कोरोना परिक्षण सम्पन्न भएको छ । ¥यापिड डाईनोग्स्टिक र पि.सि.आर. टेष्ट गरी हाल सम्म नगरका तीनसय ४३ जनाको टेष्ट सम्पन्न भएको उपमहानगरपालिकाले जनाएको छ ।
हाल सम्म दुई सय ६७ जानाको ¥यापिड डाईनोग्स्टिक गरेको तथा आईसोलेसन वार्डमा भर्ना भएका ७६ जनाको पि.सि.आर. परिक्षण सम्पन्न भएको उपमहानगरापलिकाको सुचना शाखाले जनाएको छ । परिक्षण गरिएका सबैको नतिजा नेगेटिभ आएको समेत उपमहानगरपालिकाको सुचना शाखा प्रमुख भानु थपिलयाले जानकारी दिनुभयाे । वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सजिलोका लागि उपमहानगरपालिकाले वडा वडामा पुगेर ¥यापिड डाईनोग्स्टिक टेष्ट गरेको समेत उहाँले बताउनुभयाे ।