मकवानपुर– प्रदेश २ का विभिन्न जिल्लाबाट मकवानपुर आउनेहरुलाई सेनेटाईज गरेर मात्र प्रवेश गर्न दिईने भएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गर्दै तराइका जिल्लाबाट आएका यात्रुहरुलाई सेनिटाइज गरेर मात्र मकवानपुर प्रवेश गराइने भएको हो ।
शुक्रबार हेटौंडा–१५ रातोमाटेमा हेटौडा उपमहानगरपालिकाले अटाेमेटिक सेनेटाईज मेसिन राखेर अनिवार्य सेनिटाईज गर्न सुरु गरेको छ । रातोमाटेस्थित प्रहरी चेकपोष्टमा सेनिटाइज मेसिन राखेर यात्रुहरुलाई सेनिटाइन गरेर मात्रै जिल्ला प्रवेश गर्न दिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रातोमाटे चेकपोष्टमा डिउटीमा बसेका प्रहरीहरुले यात्रुहरुलाई सेनिटाइज गर्ने जनाईएको छ । नेपाल युवा उद्यमी मञ्च चितवनले निर्माण गरेको २ सय लिटर क्षमताको मेसिनबाट एक पटकमा २ हजार जनालाई सेनेटाईज गर्न सकिने बताईएको छ । एक पटकमा ४ जनालाई सेनेटाईज गर्न सकिने उक्त मेसिनको मूल्य एक लाख ६० हजार रुपैंया रहेको छ ।