मकवानपुर- मकवानपुर प्रहरीले प्रतिबन्धीत औषधि ट्रमासहित हेटौंडाबाट एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा १० बसपार्कबाट प्रतिबन्धित औषधी ट्रमासहित १ जनालाई पक्राउ गरेको हो ।
५२ प्याकेट प्रतिबन्धित औषधी ट्रमा सहित हेटौडा १३ पदमपोखरीका २९ वर्षका दिपक सिंह मोक्तानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभएको छ । आज बिहान करीब पौने पाँच बजेतिर शंकास्पद अवस्थामा हेटौडा बसपार्कमा हिँडिरहेका मोक्तानलाई सुरक्षाजाँच गर्दा उनको साथबाट करीब २ लाख बराबरको ५२ प्याकेटमा १५ हजार ६ सय ट्याब्लेट प्रतिवन्धित औषध ट्रमा फेला पारेको उहाँले बताउनुभयो । मोक्तानलाई आवश्यक कारवाहीको लागि औषधी व्यवस्था विभाग विरगंज पठाउने तयारी भइरहेको प्रहरी उपरिक्षक सिंहले जानकारी दिनुभएको छ ।