मकवानपुर – हेटौंडा उपमहानगरपालिका–९ स्थित कुष्माण्ड सरोवर त्रिवेणी धाम क्षेत्रमा शव दाह स्थल निर्माण सम्पन्न भएको छ । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालको बिशेष पहलमा बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा धार्मिक पर्यटकिय क्षेत्र त्रिवेणी धाम स्थित कुख्रेनी, कर्रा र राप्ती नदिको संगम स्थलमा ६० लाखको लागतमा दाह संस्कार स्थल निर्माण भएको हो ।

शवदाह स्थल निर्माणका लागि प्रदेश सरकारले अघिल्लो वर्ष ३० लाख र चालु आवमा वर्षमा ३० लाख गरेर ६० लाख रुपैया आर्थिक सहयोग गरेको हो । कुष्माण्ड सरोवर त्रिवेणी धाममा मृत्युसंस्कारका लागि आर्यघाट निर्माणको बिषय लामो समयदेखि उठ्दै आए पनि निर्माण हुन नसक्दा समस्या खेप्नु परेको थियो । उक्त समस्याको समाधानका लागि जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालकै विशेष पहलमा व्यवस्थित शावदाह स्थल निर्माण भएको ९ नम्बर वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले बताउनुभयो ।

धार्मिक पर्यटकिय स्थलका रुपमा विकास हुदैै गएको त्रिवेणी धाममा मकवानपुरलगायत छिमेकि जिल्लाहरुबाट समेत मृत्युसंस्कारका लागि आउनेहरु गरेका छन् , तर, ब्यवस्थित आर्यघाट नहुँदा समस्या हुने गरेको थियो । उक्त दाह संस्कार स्थलको शुक्रबार मुख्यमन्त्री डोरमणि पौडेल, जिसस प्रमुख खुलाललगायतले निरिक्षाण समेत गर्नुभएको छ । निरिक्षणका क्रममा मुख्यमन्त्री पौडेलले शवदाह स्थल व्यवस्थित बनेको बताउनुभयो । उहाँले आवश्यक्ताका आधारमा बजेट विनियोजन गरिएको र यसले यो क्षेत्रका नागरिकलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो ।