मकवानपुर– मकवानपुरमा सोमबार (आज) थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण प्रष्टि भएको छ । हेटौंडा–१०, स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको परिक्षणमा ११ जना प्रहरीसहित थप १६ जनामा संक्रमण पुष्टि भएको हेटौंडास्थित आइसोलेसन वार्डका जनास्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ ।
आज पहिचान भएका सङ्क्रमित मध्ये हेटौंडा रहेर कार्यरत मकवानपुरभन्दा बाहिरी जिल्लाका प्रहरीहरु हुन् । सङ्क्रमित सबै पुरुष प्रहरीहरु छन् । यस्तै हेटौंडा उपमहानगरपािलका वडा नम्बर ४ का तीन महिला र एकजना पुरुष तथा १० नम्बर वडाका एकजना महिला रहेको उहाँले जानकारी दिनुभयो ।