हेटौँडा। बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा ९७ जना डेङ्गु रोगको सङ्क्रमित थपिएका छन् । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९७ जना सङ्क्रमित थपिएसँगै यस प्रदेशमा गत जनवरी महिनादेखि सोमबारसम्ममा डेङ्गु रोग सङ्क्रमितको सङ्ख्या प्रदेशभरमा चार हजार ९८ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप एक जना डेङ्गु सङ्क्रमण भएकाको मृत्युभएको छ । योसँगै बागमती प्रदेशमा डेङ्गु रोग सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । ललितपुरमा दुई जना तथा धादिङ, मकवानपुर र काभ्रेपलाञ्चोकका एक–एक जनाको डेङ्गु रोग सङ्क्रमणबाट मृत्युभएको जानकारी मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले दिनुभयो ।
यसअघि यस प्रदेशमा आइतबार ७२ जना डेङ्गुका नयाँ रोगी भेटिएका थिए । मन्त्रालयका सूचना अधिकारी भुसाल प्रदेशका १३ वटै जिल्लामा डेङ्गु रोगको सङ्क्रमण फैलिएको बताउनुभयो । यस प्रदेशमा गत जनवरी यता सबैभन्दा बढी धादिङ जिल्लामा डेङ्गुको प्रकोप फैलिएको छ । गत जनवरीदेखि यता धादिङ जिल्लामा दुई हजार ६४२, काठमाडौँमा ४१०, ललितपुरमा २१६, भक्तपुरमा १३७, नुवाकोटमा ८३, रामेछापमा ४२, चितवन १७९, मकवानपुरमा २९०, काभ्रे ३९, सिन्धुली २८, रसुवा ६, दोलखा १२ र सिन्धुपाल्चोकमा १४ जनामा डेङ्गु सङ्क्रमण भएको छ । गोर्खापत्रबाट ।