सांकेतिक तस्विर

हेटौंडा– नेपालमा पछिल्लो २४ घण्टामा तीन सय १३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । मंगलबार नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप तीन सय १३ कोरोना संक्रमित निको भएर घर फर्किएको जानकारी दिनुभयो ।
योसंगै कोरोना संक्रमणा निको भएर घर फर्किनेको सङ्ख्या १९ हजार एक सय १९ पुगेको उहाँले जानकारी दिनुभयो । अब नेपालमा १२ हजार दुई सय ५० जना सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये पाँच हजार ६ सय ६९ होम आइसोलेशन र आठ हजार पाँच सय ८१ जना संस्थागत आइसोलेशनमा रहेका छन् । यस्तै १० हजार चार सय ५३ जना क्वरेण्टीनमा रहेको मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले बताउनुभयो ।