हेटौँडा– हेटौँडाका एकजना पुरूषमा कोरोना पुष्टि भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–९ का ६० बर्षीय एक पुरूषमा कोरोना पुष्टि भएको हो। 

भरतपुर अस्पतालकाे कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा उनलाइ काेराेना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालाकी प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिनुभयाे । उनको भरतपुरमा रहेको आशा अस्पतालमा उपचार भइरहेको छ । प्रयोगशालामा गरिएको परीक्षणमा उनीसंगै चितवनका १० जनामा कोरोना पुष्टि भएको छ ।

20200817_121257-1597645739.jpg