मकवानपुर– मकवानपुरको थाहा नगरपालिकाले श्रमदानमा आधारित राहत योजना ल्याएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका क्रममा भएको लकडाउनका कारण दैनिक गुजारा गर्न अप्ठ्यारो परेका नागरिकलाई काम दिने योजना ल्याएको हो ।
लकडाउनका कारण दैनिक कामकाज नपाएर छाक टार्न समस्या भएकाहरुलाइ नागरिकलाई नगरपालिकाले काम दिने भएको छ । नगरपालिकाको काम काम गरे बापत श्रमिकलाई पाँचसय रुपियाँ र नौ किलो चामल राहत प्रदान गरिने मेयर लबशेर बिष्टले जानकारी दिनुभयो । नगरपालिकाले राहत वितरण सम्बन्धी कार्यविधि नै बनाएर यस्तो काम शुरु गरेको उहाँले बताउनुभयो । “वडा कार्यालयको सिफारिसमा श्रमदानमा आधारित राहत योजनामा राहत आवश्यक पर्नेले काम गर्नेछन् ।” मेयर विष्टले भन्नुभयो । थाहानगरमा अन्यत्रबाट आई दैनिक ज्यालादारी गरी गुजारा गरिरहेकाहरुलाई पनि यो योजना अनुसार काम दिने उहाँले जानकारी दिनुभयो । यो योजना अनुसरा नगरका विकासे योजनाहरु सुचारु गर्ने उदेश्यका साथ यस्तो योजना ल्याइएको मेयर उहाँले जानकारी दिनुभयो । नगरपालिकाले अपाङ्ग, ज्येष्ठ नागरिक, बालबालिका भएका परिवारलाई कार्यविधिले तोकेको मापदण्ड अनुसारको राहत भने घरैमै पु¥याउने व्यवस्था गरिएको मेयर बिष्टले बताउनुभयो । नेपाल सरकारको मापदण्ड र नगरपालिकाको कार्यविधि अनुसार थाहानगरमा अहिलेसम्म जम्मा एकसय ४२ जनालाई राहत वितरण गरिएको समेत उहाँले बाउनुभयो ।