सरद भेष्वाकर

एपीएफले नेपाली क्रिकेट टोलीका अनुभवी ब्याट्सम्यान शरद भेषावकरको कप्तानीमा चौथो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको लागि १५ सदस्य टोली घोषणा गरेको छ । गत वर्ष एपीएफ स्पिनर वसन्त रेग्मीको कप्तानीमा पीएमकप खेलेको थियो । एपीएफको घोषणा टोलीमा स्पिनर भुवन कार्कीले पूनरागमन गरेका छन् ।
टोलीमा युवा तीव्र गतिका बलर किशोर महतो, स्पिनर सूर्य तामाङ र युवा ब्याट्सम्यान रित गौतम पहिलो पटक एपीएफबाट खेल्ने भएका छन् । गत वर्ष सेमिफाइनलबाट बाहिरिएको एपीएफले यस पटक बलियो टोली निर्माण गर्दै घोषणा गरेको छ । प्रधानमन्त्री कप माघ २ देखि १७ सम्म टीयू मैदानमा हुँदै छ । एपीएफ समूह ‘ए’ मा छ । समूह ‘ए’ मा एपीएफसँगै त्रिभुवन आर्मी, गण्डकी, प्रदेश १, कर्णाली छन् । गत वर्ष एपीएफ सेमिफाइनलमा पुलिससँग ५ विकेटले पराजित हुँदै बाहिरिएको थियो । दोस्रो संस्करणमा आर्मीलाई ६ विकेटले हराउँदै एपीएफले उपाधि जितेको थियो । एपीएफले माघ ३ मा प्रदेश १ विरुद्ध टीयूमा खेल्दै सुरुवात गर्ने छ । माघ ८ मा एपीएफले मुलपानीमा गण्डकीसँग खेल्ने छ । माघ १० मा कर्णाली र माघ १२ मा आर्मीसँग टीयूमा खेल्ने छ ।