मकवानपुर– मकवानपुरगढी गाउँपािलकाले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाइ उच्च निगरानीमा राखेकाे छ । गाउँपालिकामा बैदेशिक राेजगारीबाट फर्किएका २३ जना व्यक्ति रहेकाे र उनिहरूलाइ उच्च निगरानिमा हाेम क्वारेन्टाइनमा राखिएकाे गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाइले जानकारी दिनुभयाे ।
गाउँपालिकाको ८ वटै वडामा विदेशबाट आएका नागरिहरुको घरघरमै पुुगेर ज्वरो जाँच गर्ने योजना रहेको
अभध्यक्ष हुमागाइले बताउनुभयाे । ज्वरो जाँच्ने मेशिनकाे अभावले ज्वरो जाँच्ने काम गर्न नसकिरहेको र अव अव मेसीन प्राप्त भएपछि सो कार्य सुरु गरिने उहाँले जानकारी दिनुभयाे । गाउँपालिकाले विदेशबाट फर्किएकाहरूकाे नामावली गाउँपालिकाकाे वेबसाइडमा समेत सार्वजनीक समेत गरेकाे प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिनुभयाे ।
वैदेशिक रोजगारीबाट फर्किएकाको सुची