मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले मंगलबार जिल्लाको मनहरी गाउँपालिकाको अवलोकन गर्नुभएको छ । हाल बिश्वमा फैलिएको कोराना भाइरसको संक्रमणको अवस्था एवम् नियन्त्रण तथा रोकथाममा गाउँपालिकाले गरेका कामका विषयमा जानकारी लिने उदेश्यका साथ प्रमुख खुलालले मंगलबार स्थलगत अनुगमन गर्नुभएको हो ।

अनुगमनका क्रममा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती तथा स्वास्थ्यकर्मी समेतले गाउँपालिकामा अहिलेको अवस्था एवम् भएका कामका बारेमा प्रमुख खुलाललाई जानकारी गराउनुभएको थियो । अध्यक्ष उप्रेतीले गाउँपालिका भित्र उपलब्ध साधन स्रोतको उधिक्तम प्रयोग गरेर सचेतनाका कामहरु भएको, १२ बेडको क्वारेन्टाईन तयारि अवस्थामा रहेको तर कोहि पनि अहिले सम्म क्वारेन्टाईमा राख्ने अवस्थाका नभेटिएको, २ स्थानमा फिबर क्लिनिक संचालनमा ल्याएको, १५ जना स्वास्थ्यकर्मीलाई सम्पुर्ण वस्यवस्थापन सहित तयारी खटाईएकोे, स्वास्थ्य संस्थालगायत अन्य संभावित क्षेत्रमा ग्रिन क्षेत्र घोषणा गरेरै किटनाषक औषधि छर्कनेलगायत काम भएको, लगत संकलन गरेर राहत वितरण समेत भईरहेको, राहत वितरणमा एकद्धार प्रणाली लागु गरिएको, गाउँपालिकाले आँफै पिपिए निर्माण गरेर काम गरिरहेकोलगायतको जानकारी दिनुभयो ।

प्रमुख खुलालले मनहरी गाउँपालिकाकाले कोरोना भाइरस रोकथामका लागि गरेका प्रयास पालिकामा रहेको क्वारेन्टाई, आइसोलेशन वार्ड तथा स्वास्थ्य केन्द्रको समेत अवलोकन गर्नुभएको थियो । अवलोकनका क्रममा प्रमुख खुलालले क्वारेन्टाई तथा स्वास्थ्य केन्द्रमा खटिएका स्वास्थ्यकर्मीहरुसंग अहिलेको अवस्थाका बारेमा जानकारी लिनुभएको थियो । उहाँले मनहरी गाउँपालिकाको व्यवस्थापन राम्रो रहेको भन्दै स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई आवश्यक सुविधाको व्यवस्थापनमा गाउँपालिकाले बिशेष ध्यान दिनुपर्ने बताउनुभयो । बिशेषगरि भारत लगायत तेस्रो मुलुक वा बाहिरबाट गाउँमा आउने व्यक्तिको निगरानी गर्न तथा त्यस्ता व्यक्तिको स्वास्थ्य अवस्थाका बारेमा नियमित रुपमा जानकारी लिन समेत निर्देशन दिनुभयो ।

प्रमुख खुलालले देश कोभिड–१९ को दोस्रो चरणमा रहेकोले यस्तो अवस्थामा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको भुमिका महत्वपुर्ण हुने हुनाले उच्च मनोवलका साथ काम गर्न आग्रह गर्नुभयो । उहाँले स्वास्थ्यकर्मीहरुलाई कुनै पनि समस्या भएमा स्थानीय सरकारलाई जानकारी गराउन आग्रह गर्दै बाहिरी कुनै समस्याका सन्र्दभमा समन्वय र समाधान गर्न जिल्ला समन्वय समिति समन्वय गर्न तयार रहेको समेत बताउनुभयो । प्रमुख खुलालले अहिलेको परिस्थितीमा सबै भन्दा अग्रपङ्तीमा रही काम गरिरहेका चिकित्सक, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारीहरुलाई धन्यवाद व्यक्त गर्दै उच्च मनोबलका साथ काम गर्न आग्ह समेत गर्नुभयो । यस्तो अवस्थामा कोहि पनि आत्नि नहुने भन्दै प्रमुख खुलालले नागरिकले समेत आफ्नो दाईत्व निर्वाह गर्दै सरकारलाई सहयोग गर्नुपर्ने बताउनुभयो । मनहरी गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाईनबाट सामान चोरी भएको प्रति उहाँले दुःख समेत व्यक्त गर्नुभयो ।