नेपालमा आज थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २१७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार पर्सा जिल्लाका ६ जना (२२, २८, २८, ३२, ४५, ६० वर्षीय) महिलाहरु र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५५, ५९, ६१ वर्षीय पुरुषहरु, महोत्तरी जिल्लाका १६, ३५ वर्षीय पुरुषहरु, धनुष जिल्लाका २० वर्षीय महिला र ४० वर्षीय पुरुष, भक्तपुर जिल्लकाका २५ वर्षिय महिला र २७ वर्षीय पुरुष, काठमान्डौं जिल्लकाका ३३ वर्षीय महिला तथा सर्लाही जिल्लाका ४५ वर्षीय पुरुष गरि २६ जनामा संक्रमणा पुष्टि भएको हो ।
सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको तथा सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् । यससँगै एकैदिन ८३ जना संक्रमित थपिएका छन् । यस अघी आजै ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।