हेटाैंडा– मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ ले मंगलबार राहत वितरण गरेको छ । वडा कार्यालयले वडामा रहेका दैनिक ज्यालादारी श्रमिक र विपन्न वर्गको पहिचान गरी ८७ परिवारलाई राहत वितरण गरेको हो । 
वडा कार्यालयले चामल १३६० केजि, दाल १९१ किलो, तेल ८४ लिटर, नुन १६८ किलो, साबुन ३३६ वटा, बेसार १७ किलो वितरण गरिएको वडा अध्यक्ष बखानसिंह पाख्रिनले बताए । वडा कार्यालयले १ देखि ३ जनाको परिवार संख्या रहेको २३ घरलाई चामल १० किलो, दाल २ किलो, तेल आधा लिटर, नुन १ किलो, नुहाउने साबुन २ वटा र बेसार २ सय ग्राम उपलव्ध गराईएको छ ।

त्यस्तै, ४ देखि ५ जनाको परिवार संख्या रहेको ४७ घरलाई चामल १५ किलो, दाल २ किलो, तेल १ लिटर, नुन २ किलो, नुहाउने साबुन ४ वटा र बेसार २ सय ग्राम, ६ देखिमाथि परिवार संख्या रहेको १७ घरलाई चामल २५ किलो, दाल ३ किलो, तेल डेढ लिटर, नुन ३ किलो, नुहाउने साबुन ७ वटा र बेसार २ सय ग्रामका दरले राहत वितरण गरेको पाख्रिनले बताए ।

#प्रष्टखबरबाट