हेटौंडा– बागमती प्रदेशबाट पठाईएका नमूनाको रिर्पोटमा अहिलेसम्म कोरोना नभेटिएको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको आइतबार दिउँसोसम्मको तथ्यांक अनुसार बागमती प्रदेशका १३ जिल्लाबाट कोरोना जाँचका लागि प्रयोगशालामा पठाईएका स्वाब नमूनाको रिपोर्ट नेगेटिभ (कोरोना नभएको) पाईएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना जाँचका लागि २ सय ४२ नमूना पठाईएकोमा १ सय ८६ को रिपोर्ट आएको छ । प्राप्त नमूनाको रिपोर्ट सबै नेगेटिभ पाईएको मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीले जानकारी दिए ।
आइतबार दिउँसोसम्मको तथ्यांक अनुसार बागमती प्रदेशमा सबैभन्दा बढि चितवनबाट ८१ नमूना पठाईएको छ भने रामेछापबाट कुनै पनि नमूना प्रयोगशाला पठाईएको छ । रसुवा, नुवाकोट र धादिङबाट १/१ वटा नमूना पठाईएको थियो । त्यसैगरी, काठमाडौबाट ४४, ललितपुर ३८, भक्तपुर ३९, सिन्धुली ५, मकवानपुर १७, दोलखा ५, काभ्रे ४ र सिन्धुपाल्चोकबाट ६ वटा नमूना प्रयोगशालामा पठाईएको थियो । पछिल्लो २४ घण्टामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ७५ वटा नमूना पठाईएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
#प्रष्टखबरबाट