हेटाैंडा– मकवानपुरकाे इन्द्रसरोवर गाउँपालिकाले पालिका भित्र रहेको खाद्यान्न सामाग्रीको मौज्दातको प्रतिबेदन निकालेको छ । गाउँपालिकाको वडा नं १ देखि ५ वटै वडामा चैत्र १९ गतेदेखि २१ गते सम्म बजार अनुगमन गरेर पालिका भित्र रहेकाे मौज्दात खाद्यान्नकाे प्रतिवेदन सार्वजनीक गरेकाे हाे ।
गाउँपालिका भित्रका ५ वटै वडाहरुका ३१ वटा मुख्य मुख्य स्टोर रहेको किराना पसलहरुमा गरेको अनुगमनबाट खाद्यान्नको मौज्दान बारे जानकारी लिइएको थियो । उक्त अनुुगमनबाट प्राप्त मौज्दातको प्रतिवेदन आज प्रस्तुत गरिएको निरिक्षण तथा अनुगमन समितिका सचिब मिलन न्यौपानेले जानकारी दिनुुभयो । गाउँपालिकाको ५ वटै वडामा गरी जम्मा ३७ हजार ३ सय ५५ के.जी. चामल, २ हजार २ सय ४५ के.जी. दाल, २ हजार ९ सय ८० के.जी. चिउरा, २ हजार ३ सय १३ के.जी. चिनी, ३ हजार ५ सय ८४ लिटर तेल, १ हजार ३ सय ७२ के.जी. मैदा, ५ हजार ३ सय ९७ के.जी. नुन, ३ हजार ८ सय ८५ के.जी. आलु, २५ के.जी. बेसार र ५५ के.जी. मसला मौज्दात रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ