मकवानपुर – स्थानीय तह निर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणनामा रोचक परिणाम आउने क्रम जारी छ । जारी मतगणना अन्तरगत २६७६ मत गणना गर्दा मेयरमा पुनः गठबन्धनकि मीना लामा ५ मतले अगाडी हुनु भएको छ ।
२६७६ मत गन्दा मेयरमा गठबन्धनकी मीनाकुमारी लामा (कलम) ८०० र एमालेका अनन्त प्रसाद पौडेलले (सूर्य) ७९५ मत प्राप्त गर्नु भएको छ । यस्तै राप्रपाका दीपकबहादुर सिंह (हलो) ले ७४४ मत प्राप्त गर्नु भएको छ ।
यस्तै उपमेयरमा गठबन्धन राजेश बानियाँ (रुख) ११७८, एमालेकी सुमित्रा काफ्ले (सूर्य) ९५६ र राप्रपाकी ईन्दिरा डल्लाकोटी (हलो) ले २०४ मत प्राप्त गर्नु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ स्थित सिद्धार्थ माध्यामिक विद्यालयमा वडा नम्बर १,२, १८ र १९ नम्बरको मतगणना जारी छ । हेटौँडामा कूल एक लाख चार हजार ४७३ मतदाता रहेकामा ७३ हजार ४१४ जनाको मत खसेको छ ।