मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना महामारीको संक्रमण फैलिन नदिन हरसम्भव प्रयास गरिरहेको बताउनुभएको छ । कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचारको सम्बन्धमा आज बिशेष सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले कोरोना महामारीको संक्रमण फैलिन नदिन हरसम्भव प्रयास गरिरहेको बताउनुभयो ।
सम्बोधनका क्रममा मुख्यमन्त्री पौडेलले बागमती प्रदेश सरकार संकटको यस घडीमा आम प्रदेशबासी जनताको साथमै रहेको विश्वास समेत दिलाउनुभयो । महाविपत्तिमा प्रदेश सरकार र मातहतका जिम्मेवार निकायहरु अथक मेहनतकासाथ जनतालाई सचेत, जागृत र सुरक्षीत गराउन लागिपरेको भन्दै मुख्यमन्त्री पौडेलले आत्म–अनुसाशनमा रहेर नागरिकको भुमिका निर्वाग गर्न आग्रह गर्नुभयो । लकडाउन हामी कसैको आकांक्षा होईन, परिस्थितिले र्सिजाएको अन्तिम विकल्प भएको भन्दै मुख्यमनत्री पौडेलले भन्नुभयो– “लकडाउन हामी कसैको आकांक्षा होईन, परिस्थितिले र्सिजाएको अन्तिम विकल्प हो । प्रदेशबासी दाजुभाई तथा दिदिबहिनिहरु बागमती प्रदेश सरकारको अनुरोध छ, कि यस नोभल कोरोना महामारी विरुद्धको लडाईमा नागरिकस्तरबाट गर्नुपर्ने एउटै महत्वपुर्ण भुमिका छ, यो लडाईमा हामीले रगत पसिना बगाउनुपर्दैन । मात्र धैर्यता, संयमता र आत्मविश्वासलाई कायम राखौं र घरभित्रै बसौं । भिडभाड नगरौं । घर बाहिर ननिस्कौं । लकडाउनको पूर्ण परिपालन गरौं । आत्म–अनुशासनमा बसौं । ”
कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचारको सम्बन्धमा मुख्यमन्त्री पौडेलले गर्नुभएको बिशेष सम्बोधनको पुर्णपाठ–
आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु,
नमस्कार
विश्व यतिबेला कोरोना भाईरस ( कोभिड–१९) को महामारी संग जुधिरहेको छ । संसारभर महामारीकोरुपमा फैलिएको यस भाइरसले मानव जातिकै अस्तित्वमा चुनौती दिएको छ । विकसित तथा समृद्ध मुलुकहरुमा समेत गहिरो संकट निम्त्याएको यस भाईरसलाई नियन्त्रणका विभिन्न प्रयासहरु भएता पनि मानवीय ब्यवहार र सिमितताको कारण नियन्त्रणमा आउन सकेको छैन । यस महामारिले संसारका लगभग सबै देशहरु आक्रान्त भएका छन् । विश्वब्यापी महामारीको महाविपत्तिमा नेपाल सरकारले विभिन्न सुरक्षात्मक उपायहरु अपनाउनेक्रममा लकडाउन घोषणा गरी २०७६ चैत्र ११ गतेदेखि नागरिकलाई सेल्फ क्वारेण्टाईनमा रहन आग्रह गरेको छ । संक्रमणलाई फैलन नदिन र आवश्यक उपचारको ब्यवस्था गर्न कोरोना अस्पताल, आईसोलेशन वार्ड निर्माण, क्वारेण्टाईन निर्माण, स्वास्थ्यकर्मीको लागि आवश्यक उपकरण, थर्मल गन, आईसियु र भेण्टिलेटरको ब्यवस्था एवम् औषधी तथा उपकरणहरुको प्रबन्ध गर्ने आधारभूत कार्यहरु सम्पन्न गरेको छ ।
बागमती प्रदेश सरकारले कोरोना भाईरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार लागि गरेका कार्यहरु यहाँहरु समक्ष राख्न चाहान्छु ।
– कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि बागमती सरकारले रु ५० करोडको कोष स्थापना गरेको छ ।
– उक्त कोषमा प्रदेश सरकारका मन्त्रीपरिषद्का सदस्यहरु साथै राजनीतिक नियुक्ति प्राप्त सबैले एक महिनाको पारिश्रमिक बराबरको रकम जम्मा गर्ने निर्णय गरिएको छ । विभिन्न राजनीतिक दलबाट प्रतिनिधित्व गर्नुहुने प्रदेश माननीय सदस्यहरुले पारिश्रमिक उपलब्ध गराउने घोषणा गर्दै हुनुहुन्छ । यसैक्रममा नेपाल कम्युनिष्ट पार्टीका बागमती प्रदेससभा संसदीय दलका सम्पुर्ण सदस्यले १५ दिनको पारिश्रमिक उपलब्ध गराउनुभएको छ ।
– संघीय सरकारले गरेको प्रबन्ध बाहेक हेटौंडाको किटजन्यरोग अनुसन्धान केन्द्र (भिभिडि आरटिसि) मा रहेको ल्याबलाई व्यवस्थित बनाएर कोभिड १९ को परीक्षण गर्ने ब्यवस्था गरेको छ । यसले प्रदेस २ का बासिन्दा समेत लाभान्वित हुनेछन् ।
– भरतपुर महानगरपालिकासंगको सहकार्यमा प्रदेश सरकारले ७० बेडको छुट्टै कोरोना विशेष अस्पताल संचालन गरेको छ ।
– प्रदेशका १३ वटै जिल्लामा आइसोलेसन वार्ड तयार भएको छ । २०७६ चैत्र १७ गतेसम्म दुई हजार ७५ क्वारेण्टटाईन बेडहरु छन् । त्यस्तैगरी, ६ सय २३ आईसोलेशन बेड, १ सय ४८ आईसियु बेड, ६ सय ९२ थान पिपिईको प्रबन्ध भईसकेको छ । त्यस्तै, थप १ सय ७२ वटा आईसोलेशन बेड तयारीको क्रममा रहेको छ भने २३ वटा आईसियु बेड समेत तयारीको क्रममा रहेको छ । आईसोलेसनका बिरामिहरुको स्वाब लिई परिक्षणका लागि पठाउन दक्ष जनशक्तिको ब्यवस्था गरिएको छ ।
– साथै, कोरोना संक्रमितहरुको उपचारको लागि कन्सल्ट्याण्ट फिजिसियन ७१, एनेस्थ्योलोजिस्ट ३१, मेडिकल अफिसर २५१, नर्सिङ सुपरभाईजर ३४, स्टाफ नर्स ७१३, हेल्पर÷नर्स सहयोगि ४७५ र ल्याबोरेटरी प्रर्सनल १५७ जना गरी १७ सय १४ जनशक्ति तयारी अवस्थामा राखेका छौं ।
– हालसम्म प्रदेशका विभिन्न जिल्लाहरुमा माक्स २२ हजार ८ सय थान, ह्याण्ड स्यानिटाईजर १ सय २८ लिटर, पिपिई ७२, प्राटोकल फर्म ६३, ईन्फ्रारेड थर्मोमिटर ४४, शु कभर ५ सय १०, क्याप ३ सय १०, ग्लोब्स ६३, गोन मिड्यम २ सय ८५ तथा १ सय ५१ थान ह्याण्डबुक पठाईएको छ ।
– कोरोना भाईरस संक्रमणका कारण उत्पन्न परिस्थितिमा यस प्रदेशमा अत्यावश्यक वस्तुहरुको आपूर्ति तथा वितरणमा कुनै समस्या नआउने गरी ब्यवस्था गरिएको छ । यस प्रदेशमा चामल ११ हजार २ सय ९० मे.टन र ३२ हजार मे.टन नुन मौज्दात रहेको तथा खाना पकाउने एल्पी ग्याँस ८४ हजार सिलिण्डर मौज्दात रहेको छ भने र यसको विक्रि वितरण र आपुर्ति ब्यवस्था सहज बनाईको छ ।
– प्रदेश स्तरीय ¥यापिड रेस्पोन्स टिम, उच्चस्तरीय अनुगमन समिति निर्माण गरी अनुगमन एवं विभिन्न प्रचार प्रसार, सूचना संचारका गतिविधिहरुको सञ्चालन भईरहेको छ । २४ घण्टा नै सहायता कक्ष ( Help Desk ) को प्रबन्ध गरिएको छ ।
– स्थानीय सरकारको समन्वयमा कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि आवश्यक कार्य गर्न बागमती प्रदेश सरकारले काठमाण्डौं महानगरपालिका, भरतपुर महानगरपालिका र ललितपुर महानगरपालिकालाई २०÷२० लाख, हेटौंडा उपमहानगरपालिकालाई १५ लाख, ४१ वटै नगरपालिकालाई १२÷१२ लाख, ७४ वटै गाँउपालिकालाई १०÷१० लाख र १३ वटै जिल्ला विपद् ब्यवस्थापन समितिका लागि १३ नै जिल्ला समन्वय समिति मार्फत ५÷५ लाख रकम विनियोजन गरिएको छ । सो रकम कोरोना संक्रमण रोकथाम, नियन्त्रण एवम् उपचारका लागि आइसोलेसन वार्ड निर्माण तथा क्वारेण्टाईन निर्माण, मेडिकल सामाग्री खरिद, दैनिक जीवनयापन रोकिएका विपन्न ब्यक्ति, परिवार र समुदायलाई राहतका लागि प्रयोग गर्न सक्ने ब्यवस्था मिलाएको छ ।
– चितवन जिल्लामा भरतपुर महानगरपालिका मार्फत कोरोना विशेष अस्पताललाई १ करोड, चितवनकै रत्ननगर नगरपालिका मार्फत गुञ्जमान अस्पताललाई २० लाख, काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल अस्पताललाई २० लाख रकम तथा स्वास्थ्य सामाग्री एवम् उपकरण उपलब्ध गराई स्वास्थ्य सेवा सञ्चालन गरिएको छ ।
– प्रदेशसभाको प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फबाट निर्वाचित माननीय सदस्यको नेतृत्वमा समानुपातिक निर्वाचन पद्धतिबाट निर्वाचित माननीय, जिल्ला समन्वय समितिका जनप्रतिनिधी, स्थानीय तहका जनप्रतिनिधी, राष्ट्रिय मान्यता प्राप्त दलका सम्बन्धित प्रदेशसभा निर्वाचिन क्षेत्रका प्रतिनिधि समेतको सहभागितामा समन्वय, अनुगमन र एकिकृत ब्यवस्थापन गर्ने ब्यवस्था मिलाएका छौं । सम्बन्धित क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र राष्ट्रियसभाका माननीयज्यूहरुको सल्लाह र परामर्श लिईनेछ ।
– प्रदेश सरकारले आपुर्ति ब्यवस्थापन तथा संभावित कालाबजारी नियन्त्रणका लागि साना तथा ठूला बजार अनुगमन, ग्याँस आपुर्तिकर्ता र ग्याँस उद्योगको अनुगमन तथा स्टक चेकजाँच गरिरहेका छौं । मूल्यसूचि सार्वजनिक तथा प्रशारण कार्यलाई कडाईका साथ लागु गरिएको छ । आपूर्ति ब्यवस्थापनको लागि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालयमा हेल्प डेक्स संचालनमा ल्याई सेवा प्रवाह गरिरहेको छ ।
– बागमती प्रदेशमा यस महामारीको महाविपत्तिमा दैनिक गुजारा चलाउन नसक्ने ब्यक्ति, परिवार र समुदाय स्थानीय तहबाट पहिचान तथा सूचिकृत गरी कोहि भोको नरहने गरी संघ, प्रदेश र स्थानीय तहको एकिकृत प्रबन्ध मिलाइनेछ ।
– बागमती प्रदेशका सबै जिल्ला, नगर र वडातहसम्म विपद् ब्यवस्थापन समितिका बैठक भएका छन् र बैठकद्धारा जनप्रतिनिधि एवम् सामाजिक क्षेत्रको पहलकदमिमा कोरोना महामारीको महाविपत्तिलाई सामना गर्न योजनाबद्ध प्रयासहरु संगठित गरिएको छ ।
बागमती प्रदेश सरकारले कोरोना महामारीको संक्रमणलाई फैलिन नदिन हरसम्भव प्रयासहरु गरिरहेको छ । यस महाविपत्तिमा समेत प्रदेश सरकार मातहतका जिम्मेवार निकायहरु अथक मेहनतका साथ जनतालाई सचेत, जागृत र सुरक्षीत गराउन लागि परेका छौं । प्रदेशबासी दाजुभाई तथा दिदिबहिनिहरुलाई बागमती प्रदेश सरकारको अनुरोध छ, कि यस नोभल कोरोना महामारी विरुद्धको लडाईमा नागरिकस्तरबाट गर्नुपर्ने एउटै महत्वपुर्ण भुमिका छ, यो लडाईमा हामीले रगत पसिना बगाउनुपर्दैन । मात्र धैर्यता, संयमता र आत्मविश्वासलाई कायम राखौं र घरभित्रै बसौं । भिडभाड नगरौं । घर बाहिर ननिस्कौं । लकडाउनको पूर्ण परिपालन गरौं । आत्म–अनुशासनमा बसौं ।
यदी हामीले हाम्रो ब्यवहारहरुलाई तद्नुरुप गर्न सक्यौं भने कोरोना भाईरस आँफै हाम्रो सामुन्ने आउदैन । हामी यस भाईरसको संक्रमणबाट बच्न सक्छौं तर हामीले यसलाई सामान्यरुपमा लियौं र सावधानि अपनाएनौं भने एकजनाको कारणले एकदुई हुँदै परिवार, सिंगो समाज र देशले नै भयावह स्थितीको सामना गर्नुपर्ने अवस्था आउनेछ । हालै विदेशबाट नेपाल फर्कनु भएका महानुभावहरुलाई आफु, आफ्नो समपर्कमा सबै नागरिकलाई सुरक्षीत बनाउन होम क्वारेण्टाइनमा रहन, स्वास्थ्य संस्थामा सम्पर्क राख्न अनुरोध गरिन्छ । यसतर्फ म आम जनताको ध्यानाकर्षण गराउन चाहान्छु । साथै, घरमै बस्दा पनि साबुन पानीले हात धुने, सेनिटाईजर प्रयोग गर्ने, सरसफाईलाई ध्यान दिने तथा आफ्नो टोल छिमेक वा गाँउमा बाहिरबाट मानिसहरु आएमा वा शंकास्पद बिरामी वा आपतकालीन अवस्थामा मानवीय संवेदना र सम्मानपूर्वक स्थानीय सरकार र जनप्रतिनिधीहरुलाई जानकारी गराउनुहुन समेत अनुरोध गर्दछु ।
ब्यक्ति ब्यक्तीवीच कायम गरिन भौतीक दुरि (Physical Distance) ले कोरोना भाईरसको जोखिमबाट बचाउने हुँदा यसलाई दृढतापुर्वक कायम गर्न पुनः अनुरोध गर्न चाहान्छु । साथै आजको दिनसम्म सरकारको निर्णय कार्यान्वयनमा दत्तचित्त भई लाग्नुभएका राष्ट्रसेवकहरु, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, चिकित्सक, स्वास्थ्यकर्मीहरु, स्वास्थ्य स्वयम्सेवी, नागरिक समाज तथा यस महाविपत्तिको समयमा जनताको सेवामा अहोरात्र खट्ने नेतृत्वदायी जिम्मेवारी लिने स्थानीय तहका जनप्रतिनिधिलाई आभार ब्यक्त गर्दै कर्तव्यपथमा निरन्तर लागिरहन अनुरोध गर्दछु । संघीय सरकारबाट चैत्र २५ गतेसम्म लकडाउनको अवधी बढाउने निर्णय भए अनुसार प्रदेश सरकारको तर्फबाट खाद्य सामाग्री, औषधोपचार, इन्धन लगायतको अत्यावश्यक सामाग्रीहरुको अभाव हुन नदिन आवश्यक तयारी गरिएको जानकारी गराउन चाहान्छु ।
निश्चनै लकडाउनको कारणले दैनिक ज्यालादारीमा जीवनयापन गर्न बाध्य गरिब जनताको रोजिरोटिको समस्या छ । जनतालाई राज्यको अभिभावकत्व महसुस गराउदै गरिब जनतालाई खाना लगाएत खाद्यान्नको ब्यस्वथा गर्न समेत स्थानीय सरकार माफर्त आवश्यक प्रबन्ध गरिएको छ । मजदुर, ज्यामी, विपन्न घर परिवार तथा वृद्धाश्रममा खाद्यान्नको ब्यवस्थाको लागि आवश्यक तयारी भईरहेको छ । यस विपदको घडीमा किसान, मजदुर, उद्योगी, ब्यापारी, समाजसेवी, नागरिक समाज सम्पुर्णलाई मानवीय कार्यमा सहयोग गर्न अनुरोध गर्दछु । यसक्रममा ब्यक्तिगत तथा सामुहिकरुपमा नगद वा जिन्सी सामाग्री स्थानिय तह मार्फत वितरण गर्न आर्थिक सहयोग स्थानीय, प्रदेश र संघिय सरकारको विपद् ब्यवस्थापन खातामा जम्मा गर्न अनुरोध गर्दछु ।
अन्त्यमा, लकडाउन हामी कसैको आकांक्षा होईन, परिस्थितिले र्सिजाएको अन्तिम विकल्प हो । बागमती प्रदेश सरकार संकटको यस घडीमा आम प्रदेशबासी जनताको साथमै रहेको विश्वास दिलाउन चाहान्छु । विश्वको मानव सभ्यता यस्ता महामारीको अनेकौं चुनौति पार गरेरै यहाँसम्म आईपुगेको हो । हामी नेपालीहरुले ईतिहासमा पटकपटक विषम पस्थितिको सामना गरेका छौं । हाम्रो छिमेकी देश चिनले समेत कुशलतापुर्वक महामारी नियन्त्रण गर्न सफल भएको यथार्थ छर्लङ छ । विश्वका कतिपय देशमा असावधानिका कारणले नियन्त्रण बाहिर गएका घटनाहरु समेत सार्वजनिक भएका छन् ।
नेपालमा आजसम्म बिदेशमा बसेर आउनुभएका पाँच जना नेपाली नागरिकमा मात्र कोरोनाको संक्रमण भएको पाईएको छ । यसर्थ हामीसंग यस महामारीलाई नियन्त्रण गर्न उपयुक्त अवसर छ । हामी सक्छौं । संघिय, प्रदेश तथा स्थानीय गरी तिनै तहको समन्वय र सहकार्यमा यस महामारीको विरुद्ध विजय हासिल गर्न सक्छौं तर सरकारको तर्फबाट गरिने तयारीले तब मात्र सार्थकता पाउनेछ, जब नागरिकस्तरबाट यसलाई बलियो साथ र समर्थन प्राप्त हुनेछ । हामीले आम दिदीबहिनी तथा दाजुभाईहरुबाट यही भूमिकाको अपेक्षा गरेका छौं ।
नेपाली जनताको र विश्व जनताको भविष्यको लागि, आफू स्वयम्, आफ्ना प्यारा अभिभावक, छोराछोरी, साथीभाई, शुभचिन्तक, मित्रहरु र सम्पुर्ण देशबासीको बृहत्तर हितको लागी लकडाउनको पुर्ण परिपालना गरौं । आत्मअनुशासन कायम गरौं । संययता, धैर्यता र आत्मविश्वासले हामीलाई कहिल्यै निराश हुन दिनेछैन । यहि अपिलका साथमा बागमती प्रदेश सरकार आम जनताको सर्वौत्तम हितमा अहोरात्र क्रृयाशिल हुने प्रतिबद्धता सहित आजसम्म यहाँहरुले गर्नुभएको सहयोगका लागि हार्दिक आभार ब्यक्त गर्दछु । नमस्कार ।