मकवानपुर– हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा कार्यालयले नगरकप पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागि भएर तेस्रो स्थान प्राप्त गर्ने वडाका खेलाडीलाई नगद सहित सम्मान गरेको छ । गत फागुन १४ देखि १७ गतेसम्म केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा सम्पन्न प्रतियोगितामा महिला तर्फ तेस्रो स्थान हासिल गर्ने खेलाडीहरुलाइृ आज एक कार्यक्रका बिच सम्मान गरेको हो ।

नगरका १० टिमको सहभागिता रहेको प्रतियोगितामा वडा नम्बर ९ ले तेस्रो स्थान हासिल गरेको थियो । बिहीबार वडा कार्यालयमै कार्यक्रमको आयोजना गरेर जिल्ला समन्वय समितिका प्रमुख रघुना खुलालले नगर सहित प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । वडा अध्यक्ष लक्षमण प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सम्पुर्ण खेलाडी, टिम म्यानेजर र टिम कोचलाई समेत सम्मानित गरिएको थियो । तस्विरहरू