मकवानपुर– कोरोना भाईरसका बारेमा व्यापक जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । बिहीबार जिल्ला प्रसासन कार्यालय मकवानपुरमा बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी पूर्व तयारी बैठकमा सहभागिहरुले अनावश्यक हल्लाको पछाडी दौड्न नहुने निश्कर्ष निकाल्दै सोको बारेमा व्यापक जनसचेतना फैलाउनु पर्नेमा जोड दिएका हुन् ।
बैठकमा सहभागिहरुले अनावश्यक हल्लाको कारण नेपालमा रोग भन्दा संत्रास फैलिएको भन्दै यस्तो संत्रास फैलन नदिने तर्फ सबै सचेत हुनु पर्ने धारणा राखेका छन् । नेपालमा आतंकित हुने अवस्था नभएको तर सचेत भने हुन जरुरी रहेकोले सुरक्षाका उपाएहरु अपनाउने र अनावश्यक हल्ला फैलन नदिने तर्फ सचेत हुनु पर्ने निष्कर्ष निकालेको छ ।
बैठक पछि जिल्ला प्रशासन कार्यालयले भिडभाड हुने खालका विभीन्न खालका कार्यक्रम नर्गका समेत आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सुचना नै जारी गरेर जिल्लामा हुने सभा, सम्मेलन तथा सार्वजनिक कार्यक्रम नगर्न आग्रह गरेको छ । आजको वैठक पछि निर्णय जिल्ला प्रशासन कार्यालयले धेरै मानिस जम्मा हुने कार्यक्रम नगर्नका आग्रह गरेको हो । त्यस्तै जिल्ला प्रशासन कार्यालय मकवानपुरले मास्क र स्यानिटाइजरको कालोबजारी गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । बैठकले स्थानीय बजारमा मास्क र स्यानिटाइजर अभाव र अत्याधिक मूल्यमा बिक्रि भइरहेको सूचना प्राप्त भएको भन्दै बजारको अनुगमन गरेर मास्क र स्यानिटाइजरको कृतिम अभाव सिर्जना गर्ने र बढी मूल्यमा बिक्री गर्नेलाई कानूनी कारबाही गर्ने निर्णय गरेको छ । बैठकले जिल्लाबासीलाई कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी अपनाउन अनुरोध गरेको छ ।
यस्तो छ निर्णय