मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले सम्भवत देशमै पहिलो पटक सोमबार जिल्लाका सम्पुर्ण महिला जनप्रतिनिधिहरुको भेलाको आयोजना गरेको छ । जिसस मकवानपुरले ११० औं अन्तराष्ट्रिय महिला दिवशको अवसरमा महिला अधिकार विषयक जिल्लामा निर्वाचित महिला जनप्रतिनिधिहरुको एक दिवसीय भेला तथा छलफल कार्यक्रम आयोजना गरेको हो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षता एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले नारी पुरुषले समान हैसियतमा जिम्मेवारी पाउनुपर्ने बताउनुभयो । कतिपय स्थानीय तहहरुमा प्रमुख र उपप्रमुखहरु विच विवाद जस्तो देखिएको भन्दै उहाँले सबैको आ–आफ्नो भुमिका र हैसियत अनुसार जिम्मेवार तरिकाले आफ्नो आफ्नो काम गर्नुपर्ने बताउनुभयो ।
नेपालको संविधान संसारकै सवौत्म समावेशी संविधान भएको र यसले महिलाललाई विशेष अधिकार दिएको भन्दै मुख्यमन्त्री पौडेलले जिम्मेवारी बुझेर आएकोले उप प्रमुखको अधिकार भएन भन्न नपाईने बताउनुभएको छ । मेयर र उपमेयर, उपाध्यक्ष र अध्यक्षले आफ्नो भुमिका चिनेर काम गर्नुपर्नेमा मुख्यमन्त्री पौडेलले जोड दिनुभयो । अहिले स्थानीइ तहमा उप प्रमुखहरुको जिम्मेवारी धेरै रहेकोले आफ्नो भुमिकाको समिक्षा गरेर प्राप्त भुमिकालाई प्रयोग गर्न उहाँले महिला जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । उपप्रमुखले आफ्नो हैसियत बृद्धि गर्न र प्रमुख दावि गर्न सक्ने क्षमता विकास गर्नुपर्ने मुख्यमन्त्री पौडेलको भनाई थियो ।
कार्यक्रममा संघीय सांसद विन्दा पाण्डेले महिला अधिकार र नेपालको अवस्था एवम् आगामी दिनमा गर्नुपर्ने कामका बारेमा महिला जनप्रतिनिधिहरुलाई सहजीकरण गर्नुभएको छ । जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनीले स्वागत गर्नुभएको कार्यक्रममा प्रदेशसभा सदस्य कुमारी मोक्तान, मुनु सिग्देल, जुनेली श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, मकवनपुरगढी, मनहरी, भीमफेदी, बकैया, राक्सिराङ, कैलाश, ईन्द्रसरोवर गाउँपालिकाका उपाध्यक्षलगायत मकवानपुरका १० वटै स्थानीय तहका निर्वाचित महिला जनप्रतिनिपिधहरुको सहभागिता थियो ।