हेटौंडा, माघ ६ । प्रतिनिधि सभा निर्वाचनको लागि मकवानपुर क्षेत्र नम्बर–१ बाट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तेज प्रसाद उप्रेती (रमेश) ले मनोनयन दर्ता गर्नुभएको छ । उहाँको प्रस्तावक राजेन्द्र सिंखडा र समर्थक केदार अधिकारी रहनुभएको छ । त्यस्तै मकवानपुर क्षेत्र नम्बर–२ बाट सन्तोष विष्टले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँको प्रस्तावक विष्णु हरि ढकाल र समर्थक प्रलोक पाण्डे रहनु्भएको छ ।











