हेटौंडा, माघ ६ । प्रतिनिधि सभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मकवानपुर क्षेत्र नम्बर–१ मा प्रकाश गौतमले उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँको प्रस्तावकमा टाका राज थापा र समर्थकमा ध्रुव बहादुर विष्ट रहनुभएको छ । त्यस्तै मकवानपुर–२ मा प्रशान्त उप्रेतीले उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँको प्रस्तावकमा सन्जिव पाठक र समर्थक शान्ति थापा विडारी रहनुभएको छ ।