नेपाल क्रिकेट संघ९क्यान०ले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी स्वरुप बन्द प्रशिक्षण सुरु गरेको छ । कोभिड महामारीले करीब दश महिनादेखि अबरुद्ध बन्न पुगेको क्रिकेट पुनः लयमा फर्किन लागेको हो ।
बन्द प्रशिक्षण सुरु हुनु अघि गरिएको स्वाब परीक्षणमा कप्तान ज्ञानेन्द्र मल्ल उपकप्तान दिपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेलमा सङ्क्रमणको पुष्टि भएपछि तीनैजना आइसोलेशनमा छन् । प्रशिक्षणमा थप पाँच खेलाडी समावेश गरिएका छन् । अनिल कुमार साह, विक्रम सोब, कुशल भुर्तेल, रित गौम र लोकेश बमलाई बोलाइएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउण्डमा कोभिड विरुद्ध विशेष सतर्कता अपनाएर खेलाडीहरु बन्द प्रशिक्षण सुरु गरेका छन् । प्रशिक्षकको पदपूर्तिमा ढिलाइ हुँदा जगत बहादुर टमाटाले नै बन्द प्रशिक्षणमा प्रशिक्षकको जिम्मेवारी निर्वाह गर्नुहुनेछ ।
प्रशिक्षणमा पूर्ब कप्तान पारस खडकासहित २२ जना खेलाडी सहभागी छन् । त्यसैगरी, शरद भेषावकर, करण केसी, बसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सुशन भारी र ललित नारायण राजवंशी सहभागी छन् । मोहम्मद आरिफ शेख, पवन सर्राफ, अभिनाश बोहरा, सुवास खकुरेल, कुशल मल्ल, रसिद खान, कमल सिंह ऐरी र सन्दीप जोरा छन् । किशोर महतो र भुवन कार्की समेत बन्द प्रशिक्षणमा सहभागी भएका छन् ।