हेटौंडा– नेपाल कम्युनिष्ट पार्टी मकवानपुरको अध्यक्षमा एकालाल श्रेष्ठ चयन हुनु भएको छ । नेकपा मकवानपुरको आज हेटौंडामा भएको जिल्ला स्तरीय कार्यकर्ता भेलाले अध्यक्षमा एकालाल श्रेष्ठलाई चयन गरेको हो ।
नेकपा ओली समुहले नेकपा भेलाबाट तत्कालीन अध्यक्ष मुनु सिग्देल तथा सचिव प्रेमबहादुर पुलामिलाइ कारबाही गर्दै अध्यक्षमा श्रेष्ठलाइ अध्यक्ष चयन गरेको हो । भेलामा नेकपा केन्द्रिय सदस्य एवम् मकवानपुर सहईन्चार्ज रामेश्वर रानाले सिग्देल र पुलामीलाई पदबाट निस्कासन गरेर श्रेष्ठलाई अध्यक्ष गर्नुभएको हो । अध्यक्ष चयन भएपछि सभालाई संबोधन गर्दै श्रेष्ठले पार्टीलाई सुदृढ बनाएर अगाडी वढाउने बताउनुभयो । उहाँले पाटी भित्रका अपुरा कामलाई तिब्र गतिमा अगाडी बढाउने काममा आफ्नो नेतृत्व लागिपर्ने वताउनुभयो ।
अध्यक्ष श्रेष्ठले भेलालाई गर्नुभएको संबोधनको पुर्ण पाठ ।