मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरको १२औं जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजक कमिटीले यहि जेठ १८ र १९ गते हुने १२औं जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

No description available.

१२औं जिल्ला अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने बताईएको छ । अधिवेशन उद्घाटनका लागि अध्यक्ष ओली हेटौंडा आउने कार्यक्रम तय भएको एमाले मकवानपुर अध्यक्ष एवम् अधिवेशन आयोजक कमिटीका संयोजक एकालाल श्रेष्ठले जानकारी दिनुभयो ।

अधिवेशनमा मकवानपुर जिल्लाका ११ हजार ६८४ जना पार्टी सदस्यहरुबाट ७६९ जना अधिवेशन लागि प्रतिनिधि चयन गरिएको बताईएको छ । अधिवेशन प्रतिनिधिले जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरु चयन गर्ने उहाँले बताउनुभयो ।

अधिवेशनमा मजदुर, पेशागत जनसंगठन, जेष्ठ कम्युनिष्ट मञ्च, सल्लाहाकार परिषद समेतबाट छानिएर ७ सय ६९ प्रतिनिधीहरुले सहभागीता जनाउने छन् । अधिवेशनले १०५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने र निर्वाचित जिल्ला कमिटीले १० प्रतिशत सदस्य मनोनीत गर्ने बताईएको छ ।

अधिवेशनमा जिल्लाका १० वटै पालिकाबाट प्रतिनिधि, पर्यवेक्षक र विभिन्न क्षेत्रसंग सम्बन्धित व्यक्तित्व, पार्टीको जनवर्गीय संगठनहरुबाट सहभागीता रहने एमाले मकवानपुरका इन्चार्ज देवि ज्ञवालीले बताउनुभयो ।

अधिबेशनको लागि दुई सय जना स्वयंसेवक परिचालन गरिनुको साथै १२ वटा समितिहरु बनाई सम्पूर्ण तयारीको काम भईरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उद्घाटन सत्रमा पार्टीका केन्द्रीय नेताहरु समेतको सहभागिता रहने बताइएको छ ।