हेटौंडा, माघ ६ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–१ मा नेकपाका विजय गौतम र क्षेत्र नम्बर २ मा लवशेर विष्टले उम्मेदवारी दर्ता गराएका छन् । हेटौंडा–११ स्थित प्रादेशिक कृषि थोक बजारमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन पत्र दर्ता गराएका हुन् । गौतम र विष्ट पार्टीका कार्यकर्ता र समर्थकहरूको ¥यालीसहित निर्वाचन कार्यालय पुगेका थिए ।
गौतम मकवानपुर–१ बाट पहिलो पटक चुनाव लड्न उम्मेदवारी दर्ता गरेका हुन् । विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा थालेका गौतमलाई नेकपाले सो क्षेत्रमा उम्मेदवार बनाएको हो । क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिएका विष्ट मकवानपुरको थाहा नगरपालिकाका निवर्तमान प्रमुख हुन् ।









