काठमाडौं, पुस २२ । नेकपा एमालेले प्रदेश तथा निर्वाचन संयोजक तोकेको छ । आज सम्पन्न सचिवालय बैठकले प्रदेश र निर्वाचन कार्यको समन्वय गर्ने गरी विभिन्न नेताहरूलाई जिम्मेवारी तोकेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो ।
बैठकले गरेको जिम्मेवारी बाँडफाँडअनुसार कोशी प्रदेशको संयोजकमा शेरधन राई, मधेश प्रदेशको संयोजकमा लीलानाथ श्रेष्ठ तथा वाग्मती प्रदेशको संयोजकमा महेश बस्नेत तोकिनु भएको छ ।राजधानी क्षेत्रको जिम्मेवारी डा. राजन भट्टराईलाई दिइएको छ। यसैगरी लुम्बिनी प्रदेश इञ्चार्जमा पद्मा अर्याल, गण्डकी प्रदेशको संयोजकमा खगराज अधिकारी, कर्णाली प्रदेशको संयोजकमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशको संयोजकमा गणेश ठगुन्ना तोकिनु भएको छ । संगठन विभागको संयोजकको जिम्मेवारी भने भानुभक्त ढकाललाई दिइएको छ।











