हेटौंडा, माघ ६ । प्रतिनिधि सभा निर्वाचनको लागि श्रम संस्कृति पार्टीबाट मकवानपुर–१ मा कुलमान घिसिङ पार्टीको केन्द्रीय सदस्य त्याग्नु भएकी विद्या श्रेष्ठले मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ मा उम्मेदवारी दर्ता गर्नुभएको छ ।
घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य त्यागेर श्रेष्ठले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट उम्मेदवारी दिनुभएको हो । हेटौंडा बजार क्षेत्रको सडक विस्तारको विरुद्धमा रहनुभएकी श्रेष्ठको उम्मेदवारी दर्तामा प्रस्तावक ममता प्रधान र समर्थक प्रविन कुमार रजक रहनुभएको छ ।
यस्तै, मकवानपुर २ बाट युनिश लामाले उम्मेदवारी दर्ता गर्नु भएको छ । श्रम संस्कृति पार्टीबाट लामाले उम्मेदवारी दर्ता गराउनुभएको हो । प्रस्तावक रुद्रबहादुर मुक्तान र शिवबहादुर केसीको समर्थक उम्मेदवारी दर्ता गराउनुभएको हो ।