मकवानपुर – मकवानपुर उद्योग वाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुले पद तथा गाेपनियताकाे सपथ ग्रहण गर्नुभएको छ । मंगलबार भएको निर्वाचनबाट निर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई आज विहीबार सपथग्रहण गराइएको हो ।
मंगलबार सम्पन्न निर्वाचनबाट मउवा संघको अध्यक्षमा कृष्ण कुमार गुप्ता (अग्रवाल), वाणिज्य तर्फको उपाध्यक्षमा अनिल अग्रवाल, उद्योग तर्फको उपाध्यक्षमा प्रमोदसिंह रानाभाट, एशोसिएट तर्फको उपाध्यक्षमा उज्जवल चौलागाई, बस्तुगत तर्फको उपाध्यक्षमा राजु अधिकारी निर्वाचित हुनुभएको हो । उहाँहरु लगायत सदस्यहरुलाई पल्पसा हलमा एक कार्यक्रमका बीच सपथ ग्रहण गराइएको हो ।