मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले हेटौडा बजारको ट्राफिक व्यवस्थापनका विषयमा सोमबार यातायात व्यवसायिसंग छलफल गर्नुभएको छ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको छलफलमा प्रमुख खुलालले हेटौंडा बजारको अस्तव्यस्त ट्राफिक व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बारेमा यातायात व्यवसायिसंग छलफल गर्नुभएको हो ।

पार्किङ्गलाइ ब्यबस्थित गर्ने सन्र्दभमा प्रमुख खुलालले ट्राफिक व्यवस्थापन गर्ने दायित्व हामी सबैको भएकोले सबै मिलेमा व्यवस्थापन गर्न सकिने बताउनुभयो । उहाँले यातायात व्यवसायिका समस्या समाधान हुने र बजार पनि व्यवस्थापन हुने मध्यमार्गी बाटो निकाल्नु पर्ने बताउनुभएको छ । छलफलमा व्यवसायिहरुले बजारमा यात्रु प्रतिक्षालय नहुँदा पनि समस्या भएको बताएका थिए । उहाँले यस विषयमा सम्बन्धीत निकायसंग छलफल गर्ने बताउनुभयाे । यस अघि हेटौंडा बजारको पार्किङ व्यवस्थापनका विषयमा प्रमुख खुलालले मकवानपुर उद्योग वाणिज्य संघका पदाधिकारीसंग पनि छलफल गर्नुभएको थियो ।