मकवानपुर– बागमती प्रदेशका नव नियुक्त भौतिक पुर्वाधार तथा विकास मन्त्री रामेश्वर फुँयालले भिमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिने बताउनुभएको छ । आज मात्रै प्रदेश प्रमुखबाट सपथ ग्रहण गर्नुभए लगतै मन्त्री फुँयालले सपथग्रहणपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै प्रदेश सरकारको गौरबको योजनाको रुपमा रहेको सुरुङमार्ग निर्माण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनुभयो ।
प्रदेशको विकासमा दिनरात नभनी काम गर्ने भन्दै अबको तीन महिनामा परिणाम देखिने गरी कार्य अघि बढने बताउनुभयो । पत्रकारहरुलाई तीन महिनापछि भौतिक निर्माणमा भएको प्रगतिको फोटो खिच्न मन्त्री फुँयालले निमन्त्रणा समेत गर्नुभयो । प्रदेशकको सफाई, कर्मचारीहरुमा भएका कमजोरीलाई सच्याउने कार्य पनि आफ्नो प्राथमिकतामा पर्ने उहाँले बताए । प्रदेश सरकारको योजनालाई चुस्त दुरुस्त पार्नको लागि आजैबाट कार्य अघि बढाउने समेत उहाँले बताउनुभयो ।