मकवानपुर, १३ पुस  । बागमती प्रदेशको राजधानी हेटौंडा–९, स्थित प्रगति माध्यमिक विद्यालयले यो बर्ष स्वर्ण जयन्ती मनाउदै छ । मकवानपुर जिल्लाकै उत्कृष्ट विद्यालयहरुमध्येको एक प्रगति माद्यमिक विद्यालयले विविध रचनात्मक कार्यक्रम गरेर स्वर्ण जयन्ती महोत्सवका रुपमा मनाउने भएको हो ।
बि.स. २०२३ सालमा धर्म भकारीका नाममा स्थापना भएपनि यस विद्यालयले बि.स. २०३२ सालमा मात्र स्वीकृति पाएकोले सोहि मितिलाई आधार मानेर स्वर्ण जयन्ती मनाउन लागेको विद्यालयका प्रधानाध्यामक किशोर पराजुलीले बताउनुभयो । बिद्यालयले स्वर्ण जयन्ती महोत्सव यहि माघ ६ गते देखि देखि पुस ९ गतेसम्म मनाउने निर्णय गरेको छ । तर, त्यस अघि स्वर्ण जयन्ती महोत्सवकै अवसरमा विविध कार्यक्रमहरु गरिने उहाँले बताउनुभयो ।
बिद्यालयले यो अवसरमा बिद्यालयका विद्यार्थीका प्रतिभा प्रस्फुटनका कार्यक्रमसंगै अन्य थेरै प्रकारका कार्यक्रम डिजाइन गरेको छ । बिद्यालयले यस विचमा जिल्ला स्तरिय महिला भलिबल प्रतियोगिता, पेशागत अभिबृद्धिका लागि शिक्षक सम्मेलन, विद्यार्थी केन्द्रित कवि सम्मेलन, स्मारिका प्रकाशन, स्थापना कालकी प्रधानाध्यापक राधादेवी शाहको प्रतिमा निर्माण, स्वर्ण स्थम्भ निर्माण गर्ने योजना रहेको उहाँले बताउनुभयो । “हामी स्वर्ण जयन्तीलाई परम्परागत भन्दा केहि फरक तरिकाले मनाउने तयारीमा छौं, जसका लागि विभिन्न चरणमा छलफल चलिरहेको छ ।” उहाँले भन्नुभयो । उहाँले यी कार्यक्रमहरु सञ्चालन गर्न आर्थिक पक्ष भने केहि अभाव रहेकोले व्यवस्थापनमा जुटिरहेको पनि बताउनुभयो ।