नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन् । सन् २०२६ मा हुने साफ महिला च्याम्पियनशिपसम्मका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले न्यौपानेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
न्यौपानेले आज एन्फा कम्प्लेक्समा एन्फा महासचिव किरण राईले नियुक्ति पत्र हस्तान्तरण गर्नुभयो । न्यौपाने भर्खरै भएको एएफसी २३ वर्षमुनिको एशियन कप छनोटमा नेपाली टोलीको मुख्य प्रशिक्षक बनेका थिए ।
एन्फाले भगवती थापा र राजकुमार केसी टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको छ । यस्तै महिला राष्ट्रिय टोलीमा बिन्द्रा देवान टिम म्यानेजर, शिला गिरी फिजियोथेरापिस्ट र विकास गुरुङ किट म्यानेजरको भूमिकामा निरन्तर रहने भएका छन् ।
यसअघि एएफसी एशियन कप छनोटका क्रममा नयाँ प्रशिक्षक नियुक्त भएका प्याट्रिक डे वाइल्डले प्रतियोगितालगत्तै जिम्मेवारी छाडेपछि महिला फुटबल टोली प्रशिक्षकविहीन बनेको थियो ।