हेटाैंडा– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९ ) को कारण विश्वभर मृत्यु हुनेको संख्या १ लाख ४५ हजार नाघेको छ । भने २१ लाख ८२ हजार भन्दाबढी कोरोना संक्रमणको शिकार भएका छन् । वल्डोमिटरको अनुसार संक्रमितमध्ये ५ लाख ४७ हजार १ सय ५५ जना उपचारपछि निको भएर घर र्फिएका छन् ।
संक्रमित मध्ये ५६ हजार ५ सय ९४ जनाको अवस्था गम्भिर रहेको छ । यस्तै ५ लाख ४७ हजार १ सय ५५ उपचारपछि निको भएर घर फर्किएका छन् भने १४ लाख ८९ हजार ३८७ जना अहिलेपनि उपचाररत छन् । यसैगरी अमेरिकामा ६ लाख ७७ हजार ५ सय ७० जना संक्रमित भएका छन् । वोल्डोमिटरको अनुसार अमेरिकामा कोरोना भाइरसको कारण ३४ हजार ६ सय १७ जनाको मृत्यु भएको छ भने ५७ हजार ५ सय ८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अहिले कोरोना संक्रमित भएर ५ लाख ८५ हजार ४ सय ४५ जना उपचाररत छन् जसमा ३ हजार ३ सय ६९ जनाको अवस्था गम्भिर छ ।
यस्तै इटालीमा कोरोनाको कारण अहिलेसम्म २२ हजार १ सय ७० जनाले ज्यान गुमाएका छन् । भने १ लाख ६८ हजार ९ सय ४१ जना संक्रमित रहेको तथ्यांकले देखाएको छ । यसैगरी स्पेनमा १ लाख ८४ हजार ९ सय ४८ जना कोरोना संक्रमित देखिएका छन् जसमा १९ हजार ३ सय १५ जनाको मृत्यु भइसेको छ भने ७४ हजार ७ सय ९७ जना उपचारपछि निको भएर घर गइसकेका छन् । साथै ९० हजार ८ सय ३६ जना उपचाररत छन् जसमा ७ हजार ३ सय ७१ जनाको अवस्था गम्भिर रहेको छ ।