हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिकामा मोटरसाईकल दुर्घटना हुँदा उक जना घाईते भएका छन् । बुधबार दिउँसो कुलेखानी–भीमफेदि–काठमाण्डौ सडकखण्ड अन्तरगत भीमफेदी–६, जुरिखेतमा मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बुधबार दिउँसो १ बजेर ३० मिनेटको समयमा काठमाडौबाट हेटौँडातर्फ आउँदै गरेका बा ४५ प ३४६० नम्बरको मोटरसाइकल अनियन्त्रीत भई सडकको भित्तामा ठोकीएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा हेटौँडा–१८, ठुलोदमार बस्ने ४३ वर्षीय प्रदिप श्रेष्ठ गम्भिर घाइते भएका छन् । घाइते श्रेष्ठको हेटौँडा अस्पतालमा उपचार भई रहेको प्रहरीले जानकारी दिएको छ ।