मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–४ निबुवाटारमा गुडिरहेको गाडीमा आगलागी भएको छ । कुलेखानी–भीमफेदी–काठमाडौँ सडक खण्डअन्तर्गत भीमफेदी–४ निबुवाटारमा गुडिरहेको गाडीमा आगलागी भएको हो । काठमाडौँबाट हेटौँडातर्फ आउँदैै गरेको भारतमा दर्ता भएको जीज १२ डीए ९६१८ नम्बरको कारमा आगलागी भएको प्रवक्ता अर्यालले जानकारी दिनुभयो । आगलागीबाट गाडी पूर्ण रूपमा जलेको साथै घटनामा मानवीय क्षति भने हुन नपाएको प्रहरीले जानकारी दिएको छ ।