मकवानपुर– मकवानपुरकाे ईन्द्रसरोवर गाउँपालिकाले वैदेशिक रोजगारीबाट गाउँपालिकामा भित्रिएका नागरिकहरुको आजबाट ¥यापिड डायग्नोस्टिक किट (आरडिटी) बाट परीक्षण सुरु गरिएको छ । स्वास्थ्य कार्यालय मकवानपुरबाट कोरोना भाइरस (कोभिड(१९) को ¥यापिट डाइग्नोस्टिक टेष्ट (आरडिटी) गर्ने सामग्री प्राप्त भएपछि आजबाट गाउँपालिकाले बिदेशबाट फर्किएकाहरुको परिक्षण सुरु गरेको हो ।
गाउँपालिकाको सम्पर्कमा आएका १६ जना मध्ये आज पहिलो दिन वडा नम्बर २ मा ४ जनाको परिक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिका अध्यक्ष जीवन लामाले जानकारी दिनुभयो । भोलि गाउँपालिका क्षेत्र भत्रिका वैदेशिक रोजगारीबाट फर्किएकाहरु सबैको परिक्षणा गरिने समेत अध्यक्ष लामाले जानकारी दिनुभयो ।