आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बझाङ क्षेत्र नम्बर १ को (१) मा १२ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले तोकेको समयअनुसार आज विभिन्न दल र स्वतन्त्र गरी १२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

बझाङ क्षेत्र नम्बर १ को (१)मा आज साँझ ५ बजेसम्म नेपाली कांग्रेसका तर्फबाट अभिषेक बहादुर सिंह, नेकपा एमालेबाट दमनबहादुर भण्डारी, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंह र जसपा नेपालबाट रामबहादुर जाग्रीले उम्मेदवारी गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा, संघीय राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, नेकपा माओवादी केन्द्रबाट जनक बहादुर बुढा, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेश्नल रिपब्लिक पार्टीबाट कमल घर्तीमगरको उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिनुभयो  । 

यस्तै नागरिक उन्मुक्ति पार्टीबाट सुशीला देवी बिष्ट, नेपाली जनता दलबाट अशोक सुनार र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोर कुमार खड्काले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत लामिछानेले जानकारी दिनुभयो ।