हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मानसिकरूपमा पूर्ण अशक्त रहेका एक व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । शनिबार जिल्लाको बागमती गाउँपालिका–४ का १७ वर्षिय मानसिकरूपमा पूर्ण अशक्त एक पुरुषलाई घरमै पुगेर नेपाली नागरिकताकाे प्रमाणपत्र प्रदान गरेकाे हाे ।
नागरिकता प्रमाणपत्र लिन कार्यालयसम्म ल्याउन नसक्ने अवस्था रहेकोले घरमै पुगेर नागरिकता प्रमाणपत्र प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जानाएकाे छ । शनिबार जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सरोज प्रसाद पौडेलसहितको टोलीले उनको घरमै पुगेर नागरिकता प्रमाणपत्र प्रदान गरेकाे हाे ।